मंगलबार, वैशाख १५, २०८३

पर्यटकीय गन्तव्य बन्दै लमजुङको हर्सिङडाँडा

 |  शुक्रबार, कात्तिक २४, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २४, २०८०

लमजुङ- राष्ट्रिय विभूति भक्ति भापाले बालापनमा गाईवस्तु चराएको हर्सिङडाँडामा पछिल्लो समय पर्यटकको सङ्ख्या बढेको छ। लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ हर्सिङडाँडासम्म पुग्ने बाटो राम्रो भएको र यसबारे प्रचार–प्रसार हुन थालेसँगै पर्यटकको वृद्धि हुन थालेको हो।

National life

विगतमा सुनसानजस्तै हुने यहाँ यतिबेला दैनिक ४० देखि एक सय जनासम्म  पर्यटक आउने गरेको स्थानीय पर्यटन व्यवसायी पूर्णबहादुर गुरुङले बताए। उनले भने, ‘विगतमा ओझेलमा पर्दै आए पनि केही समयदेखि भने पर्यटक घुम्न तथा बास बस्ने गरेर आउने गरेका छन्।’ विस्तारै मौसम राम्रो हुँदै गएको र बाटोसमेत राम्रो भएकाले पर्यटक वृद्धि हुने स्थानीय सुरज गुरुङले बताए।

यस स्थानमा चार युवा मिलेर खाना र बस्नका लागि पूर्वाधार निर्माण गरेपछि पर्यटक आगमनमा बढेको हो। पूर्णबहादुर गुरुङ, सुमन गुरुङ, सुरज गुरुङ र इन्द्रबहादुर गुरुङ गरी चार जना युवा मिलेर रु ११ लाख लगानीमा खाना–बस्नका लागि ३५ जनासम्म अट्ने हल निर्माण गरेका छन्। यहाँ आउने पर्यटकलाई अग्र्यानिक खानाखाजा दिने गरिएको छ।

यस डाँडाबाट मस्र्याङ्दी गाउँपालिकाको पर्यटकीय गाउँ सिउरुङ, ढङ्गै, भुस्मे, घनपोखरालगायत अधिकांश ठाउँ घाउँ देखिन्छ। त्यस्तै दक्षिण एसियाकै नमूना घलेगाउँडाँडा, कल्मेडाँडा, बेँसीसहर बजार, मस्र्याङ्दी नदीको नागबेली, डा हर्क पिक हिमाल, मनास्लु रेन्स, बुद्ध हिमाललगायतका देख्न सकिन्छ। त्यस्तै तनहुँको बन्दीपुरडाँडासमेत देख्न सकिने पर्यटन व्यवसायीको भनाइ छ। यहाँ खाना बस्नका लागि एक रातको प्रतिव्यक्ति रु एक हजार लिने गरेको छ।

यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको स्थानीयको भनाइ छ। यसै वडामा विसं १८०२ मा खुदीको ढङ्गैबेसीमा जन्मिएका भक्ति थापाको बाल्यकाल बितेको हर्सिङडाँडामा वस्तुभाउ चराउने, छेलो हान्ने गरेका थिए। 

kumari

हर्सिङडाँडामा गाईवस्तु चराउनुभएका भक्ति थापा विसं १९७१ मा नेपाल–अङ्ग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक रहेका थिए। उनी लमजुङ जिल्लाको पुँवर थापा परिवारमा जन्मिएका थिए। उनले पहिले लमजुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरैपटक युद्ध लडेको इतिहास छ।

गोरखासँगको अन्तिम युद्धमा पराजित भई युद्धबन्दीका रूपमा काठमाडौँ पुगेको करिब एक वर्षपछि उहाँ नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न भएका थिए। विसं १८७८ मा ७३ वर्षको उमेरमा नेपाल अङ्ग्रेज युद्धमा देउथलको लडाइँको नेतृत्व उनले गरेका थिए। देउथलमा अङ्ग्रेजविरुद्ध तरबारसहित तीन सय सेना लिएर युद्ध गरेका थापाको अङ्ग्रेजको गोली लागेर मृत्यु भएको थियो। अङ्ग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओढाएर सम्मानका साथ अमरसिं थापालाई बुझाएको इतिहास छ।

प्रकाशित: Nov 10, 2023| 20:41 शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्