शुक्रबार, असार ६, २०८२

भूकम्पबाट रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ५३ पुग्यो

 |  शुक्रबार, कात्तिक २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २४, २०८०

vianetvianet

त्रिवेणी- यही कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु  बनाएर  गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ५३ पुगेको छ। भूकम्पमा घाइते भएका एक जनाको आज प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। योसँगै जिल्लामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको हो।

जिल्ला चौरजहारी नगरपालिकामा कार्यरत २३ वर्षीय  नगर प्रहरी  निरोज विष्टको उपचारका क्रममा मृत्यु भएको हो। सुर्खेतको  कालागाउँस्थित प्रादेशिक अस्पताल आज बिहान ९ बजे उनको मृत्यु भएको रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धर्मेद्र खड्काले जानकारी दिए। 

मृतक विष्ट चौरजहारी नगरपालिका–१ निवसी हुन्। 

वडा नं ८ को गोइरी जिउलामा ढुङ्गा, गिट्टी तथा बालुवा नियन्त्रणमा खटिएका बिष्ट भूकम्प आएपछि त्यहाँ उद्धारका लागि  मोटरसाइकलमा जाँदै गर्दा बाटोमा माथिबाट खसेको पहिरोले टाउकोमा लाग्दा उनी सख्त घाइते भएका थिए।

प्रकाशित: Nov 10, 2023| 13:23 शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्