मंगलबार, वैशाख १५, २०८३

काठमाडौंमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने

 |  शुक्रबार, कात्तिक २४, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २४, २०८०

काठमाडौं- काठमाडौं महानगरका प्रमुख बालेन शाहले तिहारको समयमा राति १ बजेसम्म देउसीभैलो खेल्नका लागि महानगरले सुरक्षा पेट्रोलिङको व्यवस्था मिलाएको बताएका छन्। उनले सुरक्षाका लागि नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई प्रबन्ध मिलाउन भनेका छन्। 

National life

विभिन्न जिल्लासहित उपत्यकामा पनि राति ९/१० बजेसम्म मात्रै देउसीभैलो खेल्न दिइने गरेकोमा प्रमुख बालेनले राति १ बजेसम्म खेल्न दिनुपर्ने बताएका हुन्। 

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, 'विगतका वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो। यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङ व्यवस्था मिलाएका छौँ।'

'सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौँ, सोहीअनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौँ।'

 

kumari

प्रकाशित: Nov 10, 2023| 13:12 शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्