मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश अस्पतालमा उपचाररत भूकम्पका २४ घाइते 'डिस्चार्ज', अन्यको अवस्था सामान्य

प्रदेश अस्पतालमा उपचाररत भूकम्पका २४ घाइते 'डिस्चार्ज', अन्यको अवस्था सामान्य

 |  शुक्रबार, कात्तिक २४, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २४, २०८०

भेरीगङ्गा- भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन्। जाजरकोटको रामीडाँडा  केन्द्रबिन्दु भई यही कात्तिक १७ गते गएको भूकम्पका परी गम्भीर घाइते भएकामध्ये ४५ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो। तीमध्ये २४ जना डिस्चार्ज भएका हुन्। 

National life

अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काकाअनुसार भूकम्पमा परी घाइते भएकामध्ये जाजरकोटका २५ जना, रुकुमपश्चिम १३ जना र दैलेख गुराँस गाउँपालिकाका एक जनाले उपचार गराइरहेकामा २४ जनालाई निको भएर घर फर्किएका छन्। अस्पतालमा उपचार गराइरहेका अन्य २१ जनाको अवस्था पनि सुधार हुँदै गएको उनले जानकारी दिए। 

आज पत्रकार सम्मेलनको आयोजना गरी घाइतेको अवस्थाका बारेमा जानकारी दिँदै डाक्टर खड्काले उनीहरुको उपचारका लागि पाँच जना चिकित्सक खटाइएको बताउनुभयोए। अहिले एक जना घाइतेको न्यूरो आइसियु भेन्टिलेटरमा उपचार भइरहेको छ भने एक जनाको आइसियुमा उपचार भइरहेको छ। अन्य १९ जनाको जनरल वार्डमा उपचार भइरहेको खड्काले बताए। 

घाइते भएकामध्ये अस्पतालमा पाँच वर्ष मुनिका छ जना बालबालिकाको उपचार भइरहेको छ भने पाँच जनाको शल्यक्रिया गरिएको छ। अस्पतालका निर्देशक खड्काले घाइतेको उपचार तथा व्यवस्थापन गर्न अस्पतालका विपद् व्यवस्थापन समिति सक्रिय भई उपचार टोली चौबिसै घण्टा खटिएको बताए। 

प्रकाशित: Nov 10, 2023| 12:23 शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्