शुक्रबार, असार ६, २०८२

मुगुमा चार जनाको हत्या नातेदारले गरेको खुलासा

 |  शुक्रबार, कात्तिक २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २४, २०८०

vianetvianet

मुगुको छायानाथ रारा नगरपालिका-६ मुन्दुमा एकै परिवारका चार जनाको हत्या नातेदारले गरेको खुलेको छ। घटनाको करिब दुई सातापछि आज प्रहरीले दुई आरोपितलाई सार्वजनिक गर्दै हालसम्म भएको अनुसन्धानबारे जानकारी दिएको छ।

नेपालगञ्जबाट प्रहरीले दुई जनालाई पक्राउ गरेर मुगु लगेको हो।  पक्राउ पर्नेमा गोर्खबहादुर शाही र गोपाल बोहोरा छन्। गोपाल मृतक श्रीदेवीको आफ्नै मामाका छोरा हुन् भने गोरखबहादुर पनि नातेदार नै हुन्।

उनीहरुबाट मृतकको घरबाट चोरी गरिएका सामग्री पनि बरामद भएको छ। हालसम्मको अनुसन्धानले हत्यामा लुटपाट कारण भएको देखाएको छ। पक्राउ परेकाहरुले अभियाग स्वीकार गरेको प्रहरीले बताएको छ।
प्रहरीले दुई अभियुक्तविरूद्ध जिल्ला अदालत मुगुबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

गएको १० कात्तिकमा मन्दु गाउँमा आमासहित दुई छोरा र एक छोरी मृत अवस्थामा भेटिएका थिए। लगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मुगुसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटिएको थियो ।

घटनामा ज्यान गुमाउनेमा छायानाथ रारा–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर थिए। हत्यापछि घरबाट सुनको औंठी, तिलहरी, लालपुर्जा र केही नगद समेत गायब भएको थियो।

मृतक श्रीदेवी छोराछोरीसहित ७ कात्तिकमा दशैंको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइती गाउँ गएकी थिइन्। भोलिपल्ट घर फर्केका उनीहरूको सोही राति हत्या भएको आशंका गरिएको थियो।

छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए। तर, १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरू खोजी गरेका थिए। त्यसक्रममा फेरि श्रीदेवी माइती गइन् कि भनेर माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले ढोका फोडेर हेरेका थिए। त्यसक्रममा चार जना मृत भेटिएपछि प्रहरीलाई खबर छिमेकीले खबर गरेका थिए।

 

प्रकाशित: Nov 10, 2023| 12:06 शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्