मंगलबार, वैशाख १५, २०८३

जाजरकोट भूकम्पमा घाइते थप एक जनाको मृत्यु

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरक विष्टको मृत्यु भएको हो।
 |  शुक्रबार, कात्तिक २४, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २४, २०८०

National life
kumari


काठमाडौं– साता दिनअघि जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरक विष्टको मृत्यु भएको हो।

विष्टको आज बिहान उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रदेश अस्पतालका डा. केएन पौडेलले बताए। हाल कर्णाली प्रदेश अस्पतालमा २६ भूकम्पका घाइतेको उपचार भइरहेको छ।

जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्रविन्दु भएर १७ कात्तिकमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ। रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको हो।

प्रकाशित: Nov 10, 2023| 11:37 शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्