बिहीबार, वैशाख १०, २०८३

क्यासिनो एसोसिएसनले दियो भूकम्पपीडितलाई ३५ लाख

 |  बिहीबार, कात्तिक २३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौं- जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पबाट पीडित परिवारहरूलाई राहत स्वरूप नेपाल क्यासिनो एसोसिएसनले ३५ लाख रुपैयाँ प्रदान गरेको छ।

National life

एसोसिएसनका अध्यक्ष विनोद श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेर एसोसिएसनका तर्फबाट एकमुष्ठ ३५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको सक्रियतामा एसोसिएसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गराएको हो।

एसोसिएसनका ९ मध्ये ७ वटा सदस्य क्यासिनोहरूले ५-५ लाख रुपैयाँका दरले उक्त रकम जम्मा गरेका छन्। क्यासिनो नियमावली, २०७० अनुसार दर्ता भएर नियमित रूपमा राजस्व बुझाइरहेका क्यासिनोहरू उक्त एसोसिएसनमा आबद्ध छन्।

क्यासिनो माजोङ काठमाडौं, क्यासिनो माजोङ नेपालगञ्ज, क्यासिनो प्राइड, क्यासिनो प्यालेस, क्यासिनो बेलिज, क्यासिनो डेल्टिन र क्यासिनो भेगासले राहत रकम उपलब्ध गराएको एसोसिएसनले जनाएको छ। यी सबै नेपालमा सञ्चालित ठूला क्यासिनोहरू हुन्।

kumari

प्रकाशित: Nov 09, 2023| 21:13 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्