शुक्रबार, कात्तिक ६, २०८३

नेपाली टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त

 |  बिहीबार, कात्तिक २३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौं- नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छन्।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा हुने चार देश सम्मिलित महिला टि–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि बर्मालाई नेपाली टोलीको कप्तान नियुक्त गरेको हो।
 
क्यानले आज १४ सदस्यीय टोलीको घोषणा गरेको हो । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हुने उक्त शृङ्खलाका लागि क्यानले उपकप्तानको जिम्मेवारी भने विन्दु रावललाई दिएको छ। 

नेपाली टोलीको अन्य सदस्यमा रुविना क्षेत्री, सीता रानामगर, अश्मिना कर्मचार्य, काजोल श्रेष्ठ, रोमा थापा, सङ्गीता राई सम्झना खड्का खुसी डङ्गोल, पूजा महतो, कञ्चन श्रेष्ठ, सोमु विष्ट र सोनी पाख्रिन छन्। 

हङकङमा हुने चार देश सम्मिलित टि–२० शृङ्खलामा नेपालसँगै तान्जानिया, जापान र हङकङ  रहेका छन् । नेपालले आफ्नो पहिलो खेल यही कात्तिक २९ गते तान्जानियासँग खेल्नेछ।

प्रकाशित: Nov 09, 2023| 18:46 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।