शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सामाजिक सञ्‍जालमा बढ्यो निगरानी, चरित्रहत्याको आरोपमा एक जना पक्राउ

सामाजिक सञ्‍जालमा बढ्यो निगरानी, चरित्रहत्याको आरोपमा एक जना पक्राउ

 |  बिहीबार, कात्तिक २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

vianetvianet

काठमाडौं- नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौँमा बस्ने ३६ वर्षीय मनोज ‘मानव’  भन्ने मनोजकुमार महतो रहेका छन्। 

प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार  सामाजिक सञ्जालमा तस्बिर तथा श्रव्यदृश्यको दुरुपयोग गरी चरित्रहत्या गर्ने उद्देश्यले क्याप्सन लेखी टिकटक र फेसबुकमा प्रकाशन तथा प्रसारण गरेको पीडित महिलाको निवेदनमाथि प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणपछि महतोलाई पक्राउ गरिएको जनाइएको छ।

महतोलाई विद्युतीय कारोबार ऐन अनुसार कसुरमा काठमाडौंबाट पक्राउ गरी जिल्ला अदालतको आदेशले सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रायले बताए। 

प्रकाशित: Nov 09, 2023| 18:30 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्