मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता

राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता

 |  बिहीबार, कात्तिक २३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ। 

National life

राष्ट्रपति भवन शीतलनिवासमा बिहिबार भएको सो शिष्टाचार भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसीहितलगायतका विषयमा छलफल भएको थियो। 

सो अवसरमा राष्ट्रपति पौडेलले  दुई देशबीच रहँदै आएको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्दै हालै जाजरकोट र रुकुमपश्चिम जिल्लामा गएको विनाशकारी भूकम्पले ठूलो धनजनको क्षति हुँदा भूकम्पप्रभावितहरुका लागि चीनले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै विपद्पश्चातको पुनउत्थान र पुननिर्माणका लागि प्राप्त चिनियाँ सहयोगको प्रशंसा गनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

सो अवसरमा सचिव जुनझेङले नेपालले विगतदेखि नै लिँदै आएको एक चीन सिद्धान्तप्रति आभार व्यक्त गरेको जनाइएको छ।

प्रकाशित: Nov 09, 2023| 17:42 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्