शुक्रबार, असार ६, २०८२

रेशम चौधरीको आममाफीसम्बन्धी रिटको पेसी पुस १६ मा

 |  बिहीबार, कात्तिक २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

vianetvianet

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको आममाफीविरुद्धको रिटको पेसी आगामी पुस १६ गतेका लागि तोकिएको छ। न्यायाधीश अभावका कारण चौधरीको आजको पेशी स्थगित भएमा परेको थियो।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए। राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकादुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्।

जेठ १६ गते दर्ता गरिएको रिटमा जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारण माग गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश भएको थियो। राष्ट्रपति कार्यालयबाट चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारणसहितको जवाफ सर्वोच्च अदालतमा पेश गरेपछि कात्तिक २३ गतेका लागि पेशी तोकिएको थियो।

प्रकाशित: Nov 09, 2023| 15:54 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्