बुधबार, वैशाख १६, २०८३

जाजरकोट भूकम्प

आठबीसकोटका आधाभन्दा बढी घर भत्किए

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा रहेका ८ हजार घरमध्ये ४ हजार २७३ घर भूकम्पका कारण पूर्णरुपमा क्षति।
 |  बिहीबार, कात्तिक २३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

रुकुम पश्चिम–गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले रुकुम पश्चिममा पनि मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। भूकम्पले हजारौंको घरबास उजाड भएको छ भने हजारौंको संख्यामा स्थानीय त्रिपालको सहारामा चिसो रात कटाउन बाध्य छन्। 

National life

भूकम्पले घर पूर्णरुपमा क्षति हुँदा शनिबारदेखि नै त्रिपाल सहारा बनेको र त्रिपालमै चिसो रात कटाउनुपरेको आठबीसकोट नगरपालिका–१३ भल्लमाका ४१ वर्षीया हरिबहादुर ओलीले बताए। त्रिपालमा चिसो रात कटाउन आफ्नो परिवारलाई निकै मुस्किल भएको उनको गुनासो थियो।

भूकम्पले आठबीसकोट नगरपालिकामा ४ हजार २ सय ७३ घर पूर्णरुपमा क्षति भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए। उनका अनुसार भूकम्पले नगरपालिकाको ९, १०, ११, १२, १३ र १४ नम्बर वडाका घर बढी क्षति भएका र  अन्य बाँकी वडामा भने कमै मात्रा क्षति पुगेको छ।

नगरपालिकामा भएका जम्मा ८ हजार ६३७ घरमध्ये ४ हजार २७३ घर पूर्णरुपमा क्षति हुँदा २ हजार १८ घरमा आंशिक क्षति पुगेको  निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहको भनाइ थियो। भूकम्पले नभएका वडामा पनि सामान्य क्षति पुगेको छ। सामान्य क्षति हुनेमा एक हजार सात सय घर छन्। त्यस्तै, स्थानीय स्तरमा उत्पादन हुने खाद्यान्नमा पनि ठूलो क्षति पुगेको छ। 

घरमा राखिएको धान, गँहु र मकै पनि पुरिएर क्षति हुनुका साथै १४ वटा भैंसी, आठ वटा गोरु, ६१ वटा भेडाबाख्रा र पाँच सय ७८ कुखुरा मरेको नगरपालिकाले जनाएको छ।

kumari

गत शुक्रबार गएको भूकम्पले रुकुम पश्चिममा ५२ जनाको मृत्यु हुनुका साथै भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ। अहिले ती क्षेत्रमा पीडितलाई राहत वितरणको काम चलिरहेको छ।–रासस

प्रकाशित: Nov 09, 2023| 14:30 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्