प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरूले एक महिनाको पारिश्रमिक रकम भूकम्प प्रभावितलाई दिने भएका छन्। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यो रकम सरकारी राहत कोषमार्फत् जाजरकोट भूकम्पबाट पीडितलाई उपलब्ध गराउने निर्णय गरेको हो।
गत शुक्रबार मध्य रातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने साढे दुई अर्बभन्दा धेरैको भौतिक क्षति भएको छ।