आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • तीनवटा निर्माणाधीन क्रिकेट रंगशाला राष्ट्रिय गौरवका आयोजनामा समावेश

तीनवटा निर्माणाधीन क्रिकेट रंगशाला राष्ट्रिय गौरवका आयोजनामा समावेश

 |  बिहीबार, कात्तिक २३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

National life
kumari

सरकारले देशका तीन स्थानमा निर्माणाधीन तीनवटा रंगशालालाई राष्ट्रिय गौरवका योजनामा समावेश गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले ती रंगशला निर्माणको काम अब तीव्र रुपमा अगाडि बढ्ने बताइन्। नेपालले क्रिकेटमा एकपछि अर्को सफलता पाएको बेला सरकारले तीन क्रिकेट रंगशालालाई गौरवका आयोजनामा समावेश गरेको हो। हालै नेपाल टी २० विश्वकपका लागि छनोट भएको थियो भने यू १९ टिम पनि विश्वकपमा छनोट भएको छ।

गौरवका आयोजनाका लागि आर्थिक स्रोतको अभाव नहुने गरी काम अगाडि बढाइने सरकारको योजना छ।

प्रकाशित: Nov 09, 2023| 13:51 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्