बुधबार, वैशाख १६, २०८३

भूकम्पमा ५६ जना पत्रकारको घरमा क्षति, सहयोगको आह्वान

 |  बिहीबार, कात्तिक २३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते राति गएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत प्रत्यक्ष प्रभावित भएका छन्।  नेपाल पत्रकार महासंघका अनुसार प्रारम्भिक जानकारीअनुसार जाजरकोट र रुकुम पश्चिमका ५६ जना पत्रकारको घर र १० वटा सञ्चारमाध्यमका कार्यालय भवनमा क्षति पुगेको हो।

National life

जनतालाई सूचना तथा समाचार प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई विपद्को बेला राहत उपलब्ध गराउनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सहयोगको लागि आह्वान गर्ने निर्णय गरेको महासचिव रोशन पुरीले जानकारी दिए।

महासंघले सरकारी तथा गैरसरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्था, नेपाल पत्रकार महासंघका स्वदेश तथा विदेशमा रहेका शाखा र महासंघसँग मैत्रीपूर्ण सम्बन्ध भएका सञ्चार संस्थाका साथै इच्छुक व्यक्तिहरूलाई कोषमा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ।

 

प्रकाशित: Nov 09, 2023| 13:43 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्