शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ५० करोड हिनामिना गर्ने देउराली सहकारीका बचतकर्तालाई जाहेरी दिन आग्रह

५० करोड हिनामिना गर्ने देउराली सहकारीका बचतकर्तालाई जाहेरी दिन आग्रह

ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रही भक्तपुर र काठमाडौंको सेवा केन्द्रमार्फत बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याजसमेत बचतकर्ताले पाएनन्।
 |  बिहीबार, कात्तिक २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

vianetvianet

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्थाबाट रकम हिनामिनामा परेका बचतकर्तालाई जाहेरी दिन आग्रह गरेको छ। प्रहरीले उजुरी दिनका लागि शुक्रबारसम्मको समयसीमा तोकेको छ। 

केही पीडित उजुरी लिएर आएका र उनीहरुको उजुरी दर्ता भएको जानकारी गराउँदै सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले रकम प्राप्त गर्न नसकेका भए जाहेरी दिन बचतकर्तालाई आग्रह गरे।

उक्त सहकारीबाट अहिलेसम्म झन्डै ५० करोड बिगो बराबरको रकम हिनामिहना भएको भनी जाहेरी परेको छ। जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरिएको उनले बताए। 

निक्षेपकर्ता सदस्यले ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रही भक्तपुर र काठमाडौंको सेवा केन्द्रमार्फत समेतमा बचत तथा मुद्दति खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज समयावधि सकिँदासमेत पनि फिर्ता नपाएको भनी जाहेरी दरखास्त पेस भएको प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ।

उक्त रकम हिनामिना कसुरको जाहेरी दर्ता गरी ब्युरोबाट अनुसन्धान कार्य भइरहेकाले आवश्यक अनुसन्धानका लागि पनि पीडित बचतकर्तालाई सम्पर्कमा आउन अनुरोध गरिएको हो।

उनले भने, ‘ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका सेवा केन्द्रमा निक्षेपकर्ता सदस्यले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिउपर प्रमाणसहित ब्यूरोमा रीतपूर्वकको जाहेरी दिन अनुरोध छ।’ 

प्रकाशित: Nov 09, 2023| 13:43 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्