बुधबार, वैशाख १६, २०८३

महोत्तरीबाट बेपत्ता भएका पाँच किशोरी धनुषामा भेटिए

बेपत्ता किशोरीहरु आज धनुषाको ढल्केबरमा भेटिएको धनुषा प्रहरीले जनाएको हो।
 |  बिहीबार, कात्तिक २३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

National life
kumari

काठमाडौं–महोत्तरीबाट गत मंगलबारदेखि बेपत्ता पाँच किशोरीहरु फेला परेका छन्। बेपत्ता किशोरीहरु आज धनुषाको ढल्केबरमा भेटिएको धनुषा प्रहरीले जनाएको हो।

बेपत्ता भनिएका किशोरीलाई स्थानीयले प्रहरीलाई जिम्मा लगाएकामा हाल इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ। अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरी निरीक्षक राजकिशोर साहले बताए।

हराएका भनिएका किशोरीमा महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया वसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रुवी सदा रहेको प्रहरीले बताएको छ।

प्रकाशित: Nov 09, 2023| 13:04 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्