बुधबार, वैशाख १६, २०८३

चरित्र हत्याको आरोपमा युट्युबर मनोज मानव पक्राउ

 |  बिहीबार, कात्तिक २३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

National life
kumari

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले मनोज मानव भनेर चिनिने युट्युबर मनोजकुमार महतोलाई पक्राउ गरेको छ। ब्यूरोले बुधबार साँझ मनोजलाई पक्राउ गरेको हो।

‘स्टार अनलाइन टिभी’ नामक युट्युब चलाउने  महतोलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

युट्युबमार्फत विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा उनीमाथि लाग्दै आएको छ। पछिल्लो समय पूर्वएआईजी रणबहादुर चन्द र आफूलाई अभियन्ता भनेर चिनाउने तारा बरालको विषयमा विभिन्न सामग्री प्रशारण गरेका थिए।

प्रकाशित: Nov 09, 2023| 13:00 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्