बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नाकाबन्दी खेपिरहेको उत्तर कोरियाले नेपालमा रहेको दूतावास बन्द गर्ने

नाकाबन्दी खेपिरहेको उत्तर कोरियाले नेपालमा रहेको दूतावास बन्द गर्ने

 |  बुधबार, कात्तिक २२, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

काठमाडौं- सन् २०१८ बाट संयुक्त राष्ट्रसंघको आर्थिक नाकाबन्दी खेपिरहेको उत्तर कोरियाले आर्थिक अभावको कारण नेपालमा रहेको दूतावास बन्द गर्ने भएको छ। 

National life

नेपालबाट दूतावास हटाउने सम्बन्धमा दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै जानकारी गराएको हो। साथै सोमबार उत्तर कोरियाका राजदूत जो योङ मानले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेका थिए। उक्त अवसरमा पनि उनले प्रधानमन्त्रीलाई जानकारी दिएका थिए। अहिले उत्तर कोरियाको दूतावास ललितपुरको झम्सिखेलमा छ।

आर्थिक संकटलाई टार्नको लागि उत्तर कोरियालीहरूले काठमाडौं उपत्यकाका केही स्थानमा रेस्टुरेन्ट व्यवसाय थालेका थिए तर राष्ट्र संघको नाकबन्दीको कारण नेपाल सरकारले उनीहरुको गतिविधिमा कडाई गर्दै आइरहेको थियो। उत्तर कोरियाले लामो समयदेखि अणविक हतियार बनाएपछि आर्थिक नाकाबन्दी लगाइएको हो।

नेपाल र उत्तर कोरियाबिच सन् १९७४ मे १५ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसपछि दुई मुलुकबिचमा सन् १९७० मा आएर द्विपक्षीय व्यापार सम्झौता भएको हो।

नेपालको बेइजिङमा रहेको दूतावासले नै उत्तर कोरियालाई हेर्ने गरे पनि उत्तर कोरियाले भने नेपालमा दूतावास राख्दै आएको हो। अब भने बन्द गर्ने भएको छ।

kumari

प्रकाशित: Nov 08, 2023| 19:20 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्