शनिबार, असार २८, २०८२

१६ वर्षअघिको बम विस्फोट मुद्दाको बहस नोट पेस गर्न अदालतको आदेश

 |  बुधबार, कात्तिक २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

vianetvianet

काठमाडौं- रौतहटको राजपुर फरदहवामा १६ वर्षअघि भएको बम बिस्फोट घटनाका आरोपित कांग्रेस नेता मोहम्मद आफताब आलामविरुद्धको मुद्दामा बुधबार जिल्ला अदालत गौरले बहस नोट माग्ने आदेश गरेको छ। पटक-पटक पेसी सर्दै आएको मुद्दाको फैसला हुने अनुमान गरिए तापनि १५ दिनभित्र लिखित बहस नोट पेस गर्न आदेश भएको ह।

जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको एकल इजलासले मुद्दाको गम्भिरतालाई मध्यनजर गर्दै वादी नेपाल सरकारको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय जाहेरवाला कानुन व्यवसायी तथा प्रतिवादीहरूको तर्फबाट कानुन व्यवसायीलाई लिखित बहस नोट पेस गर्न भनी १५ दिनको समय दिई लिखित बहस नोट पेस गर्ने आदेश भएको अदालतका श्रेस्तेदार उपसचिव उद्धव ढोडारीले जानकारी दिए।

नेपाल सरकारले मुद्दा नचलाउने निर्णय गर्नुअघि वादी नेपाल सरकारले गरेको अनुसन्धानको क्रममा बुझिएको साक्षीको भनाइ व्यहोरा र नेपाल सरकारले मुद्दा नचलाउने गरेको निर्णय सर्वोच्च अदालतबाट बदर हुने गरी भएको आदेश पछिको अनुसन्धानका क्रममा बुझिएको साक्षीको मौकाको र अदालतको बकपत्र तथा प्रतिवादीको साक्षीले अदतलता गरेको बकपत्रको समेतको संक्षिप्त व्यहोरासहित प्रस्तुत मुद्दा तुलनात्मक टिपोर्ट तयार गरी उक्त मुद्दा २ वर्षभन्दा पुराना भएकोले प्राथमिकताका साथ पेसी तोकी कानुनबमोजिम गर्न भनी आदेश भएको श्रेस्तेदार ढोडारीले बताए।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साँझ राजपुर फरदहवास्थित पूर्वमन्त्री शेख ईद्रिसको गोठमा भएको बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा तत्काल प्रमाणको आधारमा कांग्रेस नेता आलमलाई २०७६ कात्तिक २९ गते रौतहट जिल्ला अदातलले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो। त्यसपछि सुरक्षा खतराका कारण आलमलाई नख्खु जेल काठमाडौं पठाइएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले आलमलाई ३२ वर्ष कैद सजाय माग दाबीसहित कर्तव्यज्यान, ज्यानमार्ने उद्योग र बिस्फोटक पदार्थ भण्डारणसम्बन्धी तीनवटा कसुरमा २०७६ कात्तिक १९ गते ३९ पृष्ठ लामो अभियोगपत्र जिल्ला अदालत गौरमा दर्ता गरेको थियो।

आलम २०७६ असोजमा पक्राउ परेका थिए। यमुनामाई गाउँपालिका-४ का त्रिलोकप्रताप सिंहलाई जिउँदै चिम्नीमा हालेर मारिएको भन्दै बाबु श्रीनारायण सिंह र अर्का मृतक ओसी अख्तरका आमा रोक्साना खातुनले आलमविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए।

प्रकाशित: Nov 08, 2023| 19:05 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्