बुधबार, असोज १, २०८२

स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भएका छन् : मन्त्री बस्नेत

 |  बुधबार, कात्तिक २२, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

vianetvianet

पाटन - स्वास्थ्य  तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले १६ वर्षदेखि पास हुन नसकेका स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भइसकेको बताएका छन्। 

Kumaribank

स्वास्थ्य मन्त्रालयद्वारा बुधबार ललितपुरमा आयोजित ‘सुआहारा बहुक्षेत्रीय पोषण कार्यक्रम’अन्तर्गत दोस्रो चरणको सिकाइ तथा उपलब्धिको समीक्षा कार्यक्रममा उनले आफू स्वास्थ्यमन्त्री भएर आएपछि स्वास्थ्य क्षेत्रको सुधारका लागि गरेको प्रयासबारे जानकारी गराउँदै धेरै सुधारमा काम गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको बताएका हुन्। 

'१६ वर्षदेखि स्वास्थ्य क्षेत्रका रणनीति पास हुनसकेका थिएनन् । म आएपछि ती सबै पास गरेर काम गर्ने वातावरण बनाएको छु। अहिले एउटा पनि बाँकी छैनन्,' मन्त्री बस्‍नेतले भने, 'सुआहारा परियोजनाले स्वस्थ जीवनशैलीको कुरा गर्छ। हामीले अरुलाई स्वास्थ बनाउन आफू स्वस्थ्य रहनुपर्छ। एउटा मान्छे स्वास्थ नहुँदा परिवारका साथै समाजलाई पनि असर पर्छ । हामीले राम्रो कामको सुरुवात आफैँबाट गर्ने हो।'

उनले बाल मृत्युदर घटाउन स्वस्थ्य क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको धारणा राख्नुहुँदै बच्चालाई कुपोषणबाट बचाउन गर्भदेखि नै हेरचाह गर्नुपर्नेमा जोड दिए। मन्त्री बस्नेतले समाजको तल्लो तह, दुर्गम बस्तीसम्म गएर गरेको सुआहारा कार्यक्रम परियोजनाका कार्यक्रमले सकरात्मक सन्देश दिइरहेको तर्क गरे। 

स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको तथ्याङ्कमा ३३ हजार कर्मचारी भए पनि व्यवहारिक काममा २७/२८ हजार मात्रै रहेको जनाउँदै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको कमी रहेको बताए। 'तथ्याङ्कमा ३३ हजार कर्मचारी भए पनि व्यवहारिक काममा २७/२८ हजार मात्रै छन्,' उनले भने, 'स्वास्थ्य, शिक्षा निःशुल्क भनेर संविधानमा लेखिएको छ। अहिले पनि प्रभावकारी काम हुन सकेको छैन । राम्रो काम गर्नेलाई सम्मान र नगर्नेलाई निगरानी गरेर सुधार्न लागि परेका छौँ।'

Metro Mart

जनताको सेवामा स्थापित स्थानीय पालिकाका स्वास्थ्य संस्थालाई आवश्यकपर्ने स्वास्थ्य उपकरण मन्त्रालयले प्राथमिकता दिएर उपलब्ध गराउने मन्त्री बस्नेतको भनाइ थियो। उनले स्वास्थ्य क्षेत्रमा थाहा नभएको/नजानेको काम विज्ञसँग सिक्नुपर्ने भन्दै मन्त्रालयले एक दिनमा कम्तीमा एउटा मात्रै भए पनि राम्रो काम गर्नुपर्छ भन्ने मान्यताका साथ अघि बढेको बताए। 

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमण सिंहले सुआहारा परियोजना स्वास्थ्य क्षेत्रको एक सफल कार्यक्रम भएको बताए। यो परियोजनाले तीन सय ८० भन्दाबढी स्थानीय तहका  नागरिकको घरदैलोमा पुगेर जनस्वास्थ्यको विषयमा सचेत गराउन सकेको बताउँदै उनले सरकार र नागरिकलाई जोड्न कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखे। 

प्रकाशित: Nov 08, 2023| 20:40 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्