बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बलात्कार घटनाका दोषी कराते प्रशिक्षकलाई ८ वर्ष जेल र ३ लाख जरिवाना

बलात्कार घटनाका दोषी कराते प्रशिक्षकलाई ८ वर्ष जेल र ३ लाख जरिवाना

 |  बुधबार, कात्तिक २२, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

सामूहिक बलात्कार घटनामा दोषी ठहर भएका कराँतेका दुई प्रशिक्षकलाई मोरङ जिल्ला अदालतले कैद र जरिवाना फैसला गरेको छ।

National life

विराटनगर–३ र विनोद राउत र विराटनगर–४ का अमर सुवेदीलाई समान ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने गरी फैसला भएको हो। बुधबार न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले सो फैसला गरेको हो।

जबरजस्ती करणीतर्फ ७ र सामूहिक करणीतर्फ १ गरी दुवैलाई समान ८ वर्षको कैद सजाय भएको छ। अदालतले एक साताअघि दुवै जनालाई कसूरदार ठहर गरे पनि  सजाय भने तोकेको थिएन।

राउत र सुवदी दुवै जना राष्ट्रिय खेलकुद परिषद्का स्थायी प्रशिक्षक हुन्। गत वर्ष जेठमा दुवै जनाविरुद्ध विराटनगरको एक होटलमा सामूहिक बलात्कार गरेको भनेर इटहरीकी एक युवतीले जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएकी थिइन्। जाहेरीपछि दुवै २०७९ साउन ८ गते पक्राउ परेका थिए।

प्रकाशित: Nov 08, 2023| 17:17 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्