बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चीनद्वारा भूकम्प पीडितलाई ३० करोड मूल्य बराबरको राहत सामग्री हस्तान्तरण

चीनद्वारा भूकम्प पीडितलाई ३० करोड मूल्य बराबरको राहत सामग्री हस्तान्तरण

ब्रेकर चिनियाँ सैनिक विमानबाट आएका र केरुङ नाका हुँदै ल्याइँदै गरेका करिब ४० करोड मूल्य बराबरको राहत सामग्री तत्काल भूकम्प प्रभावित क्षेत्रमा पठाइने गृह मन्त्रालयले जनाएको छ।
 |  बुधबार, कात्तिक २२, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

काठमाडौं– चीनले गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर ज्यान गुमाएका परिवार र प्रभावितलाई वितरण गर्न उपलब्ध गराएको  राहत सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेको छ।

National life

नेपालका लागि चिनियाँ राजदूत छन सङले गृहमन्त्री नारायणकाजीलाई जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि करिब ३० करोड मूल्य बराबरको राहत सामग्री हस्तान्तरण गरेका हुन्। 

चीन सरकारले दुई वटा सैनिक विमानमार्फत पठाएको राहत सामग्री पोखरा विमानस्थलमा राजदूत सङले उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्। विमानस्थलमा चिनियाँ सेनाको दुई वटा एयरक्राफ्टमार्फत झन्डै ३० करोड मूल्य बराबरको सामग्री ल्याइएको थियो।

दुई वटा एयरक्राफ्टबाट ४ हजार ६ सय ब्लांकेट र ६ सय टेन्ट आएको छ। केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामग्री पठाएको जनाएको छ। तिनमा २ हजार ३ सय टेन्ट, २ हजार ब्लांकेट, ७ सय त्रिपाल, ५ सय वटा महामारी रोक्ने स्पेयर र साढे १० हजार वटा लामखुट्टे मार्ने औषधी रहेका छन्।

चिनियाँ सैनिक विमानबाट आएका र केरुङ नाका हुँदै ल्याइँदै गरेका राहत सामग्री तत्काल भूकम्प प्रभावित क्षेत्रमा पठाइने गृह मन्त्रालयले जनाएको छ। 

kumari

प्रकाशित: Nov 08, 2023| 13:43 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्