बिहीबार, वैशाख १७, २०८३

सर्लाहीमा ट्रयाक्टर पल्टिँदा दुई जनाको मृत्यु

सर्लाहीको गोडैता नगरपालिका–८ सिसौटियामा गए राती ना५त ६१६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। 
 |  बुधबार, कात्तिक २२, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

National life

काठमाडौं– सर्लाहीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएका छन्। गए राती गोडैता नगरपालिका–८ सिसौटियामा ना५त ६१६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको हो। 

बाँस बोकेको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए। दुर्घटनामा ट्रयाक्टर चालक गोडैता नगरपालिका– ७ का ४० वर्षीय अखिलेश्वर पटेल र गोडैता–८ का २८ वर्षीय शंकर पटेलको मृत्यु भएको हो। 

दुर्घटनामा गोडैता–८ कै २० वर्षीय  रुपेश महतो र रौतहटको परोहा नगरपालिका–८ का २४ वर्षीय  जयप्रकाश पटेल घाइते भएको प्रहरीले बताएको छ। 

प्रकाशित: Nov 08, 2023| 12:57 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्