बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • श्रीमतीको हत्या गरेर खाल्डोमा पुर्ने श्रीमान् पाँच महिनापछि पक्राउ

श्रीमतीको हत्या गरेर खाल्डोमा पुर्ने श्रीमान् पाँच महिनापछि पक्राउ

देउराली सामुदायिक वनमा गोल पोल्ने गरेका विकले खाल्डोमा शव पुरेको बयान दिएपछि प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको टिमले शव उत्खनन गरेको छ।
 |  बुधबार, कात्तिक २२, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

काठमाडौं– प्रहरीले शंखरापुर नगरपालिका–१ घर भएका ३३ वर्षीय लालु विकलाई पत्नीको हत्या गरी खाल्डोमा पुरेको आरोपमा पाँच महिनापछि पक्राउ गरेको छ।

National life

लालुले २८ वर्षीया पत्नी गोपी विकलाई हत्या गरेर गत २३ जेठमा नाङ्लेभारेस्थित प्रहरी चौकीमा खोजीका लागि निवेदन दिएकोसमेत खुलेको छ।

विकले पुनः १० असारमा प्रहरी प्रभाग साँखुमा अर्को निवेदन दिएका थिए। तर, पत्नी खोज्न निवेदन दिने लालु पाँच महिनापछि तिनै पत्नीको हत्या आरोपमा पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए।

लालुले १९ जेठ बिहान ६ बजे सामान्य घरायसी विवादमा पत्नीको हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको उनको भनाइ छ। विकले हत्यापछि बोरा डबल बनाएर पत्नीको शव खाल्डोमा पुरेको बयान दिएको एसपी ढुंगेलले जानकारी दिए। 

देउराली सामुदायिक वनमा गोल पोल्ने गरेका विकले खाल्डोमा शव पुरेको बयान दिएपछि प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको टिमले शव उत्खनन गरेको छ। सामुदायिक वनमा ५ फिट गहिरो ठाउँबाट बोरामा प्याक गरेको अवस्थामा सडेगलेको शव उत्खनन गरिएको प्रहरीले जनाएको छ।

kumari

प्रकाशित: Nov 08, 2023| 12:31 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्