बुधबार, वैशाख १६, २०८३

थ्रेसर मेसिनले धान काट्दा हात चुँडियो

थ्रेसर मेसिनले काट्दा थारुको दाहिने हात कुमदेखि छुट्टिएको २ नम्बर वडाध्यक्ष राजु रुचालले भनाइ।
 |  बुधबार, कात्तिक २२, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

काठमाडौं– बाँकेको बैजनाथमा धान दाउने क्रममा थ्रेसर मेसिनमा परेर रामगोपाल थारुको हात चुँडिएको छ। बैजनाथ गाउँपालिका–२ का ४१ वर्षीय थारुको आफ्नै घरमा धान दाउने क्रममा मंगलबार बिहान पौन ३ बजे थ्रेसर मेसिनमा परी दाहिने हात चुँडिएको हो।

National life

थ्रेसर मेसिनले काट्दा थारुको दाहिने हात कुमदेखि छुट्टिएको २ नम्बर वडाध्यक्ष राजु रुचालले बताए। थारुको हात काटिएपछि उपचारका लागि कोहलपुर दसबिघास्थित शिक्षण अस्पताल लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्जस्थित वेस्टर्न हस्पिटल लगिएको रुचालको भनाइ छ।

वेस्टर्न हस्पिटलमा पनि चिकित्सकले उपचार सम्भव नहुने बताएपछि थारुलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो।

शिक्षण अस्पतालमा पनि उपचारका लागि नसा, छाला तथा हाडजोर्नीसम्बन्धी चिकित्सक आवश्यक पर्ने हुँदा त्यहाँ पनि उपलब्ध नभएपछि  थारुलाई थप उपचारका लागि भारतको लखनउ लगिएको छ।

प्रकाशित: Nov 08, 2023| 12:08 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्