बुधबार, वैशाख १६, २०८३

प्रहरीको सुरक्षा घेरामा अदालतभित्रै चोरी

चोरले पाँच थान मोबाइल, एक थान कटुवा पेस्तोल र चार वटा गोली चोरेको अदालतद्वारा पुष्टि।
 |  बुधबार, कात्तिक २२, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

काठमाडौं– प्रहरी सुरक्षा घेराभित्रै रहेको कैलाली जिल्ला अदालतभित्रै चोरी भएको छ। आइतबार राती १० बजेर २३ मिनेटमा अदालतको दक्षिणतर्फको झ्यालबाट पसेका चोरले एक घन्टा कार्यालयभित्र बिताएको सिसीटिभी फुटेजमा देखिएको छ।

National life

अदालत कार्यालयभित्रका विभिन्न फाँटबाट मुद्दाका मिसिल, पाँच थान मोबाइल, एक थान कटुवा पेस्तोल र चार वटा गोली चोरी भएको स्रेस्तेदार मानबहादुर विष्टले बताए।

घटनाका विषयमा जानकारी प्राप्त भएपछि चोर खोज्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कुलदीप चन्दले जानकारी दिए।

कैलाली जिल्ला अदालतमा पाँच मात्रै सिसीटिभी क्यामेरा सञ्चालनमा छन्। चोरले क्यामेरा र बत्ती नभएको ठाउँबाट भित्र प्रवेश गरेको देखिएको उनको भनाइ छ।

प्रकाशित: Nov 08, 2023| 11:59 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्