बिहीबार, असार ५, २०८२

जाजरकोट भूकम्पबाट १ लाख ८० हजार प्रभावित

भूकम्पकै कारण जाजरकोटटमा ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंख्या विस्थापित बनेको विवरण सार्वजनिक।
 |  बुधबार, कात्तिक २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

vianetvianet

काठमाडौं– गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी करिब १ लाख ८०  हजार नागरिक प्रभावित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले विवरण सार्वजनिक गरेको छ। जाजरकोटमा कुल ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ नागरिक भूकम्पबाट प्रभावित भएका हुन्। 

भूकम्पकै कारण जाजरकोटमा ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंख्या विस्थापित बनेको प्रशासनले जनाएको छ।

प्रशासनको तथ्यांकअनुसार जिल्लाका ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्ण रुपमा भत्किएका छन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ। भूकम्पमा परेर जाजरकोटमा मात्रै १०१ जनाको मृत्यु भएको छ।

प्रकाशित: Nov 08, 2023| 11:14 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्