आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भ्रष्टाचारको आरोप लाग्नासाथ पोर्चुगलका प्रधानमन्त्रीले राजीनामा दिए

भ्रष्टाचारको आरोप लाग्नासाथ पोर्चुगलका प्रधानमन्त्रीले राजीनामा दिए

 |  बुधबार, कात्तिक २२, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

ऊर्जासम्बन्धी ठेक्का प्रकरणमा भ्रष्टाचारको आरोप लागेपछि पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले राजीनामा दिएका छन्। प्रधानमन्त्रीको कर्तव्य र आफ्नो निष्ठामा कुनै पनि शङ्का मेल नखाने भन्दै उनले राजीनामा दिएका हुन्।  

पत्रकार सम्मेलनमा कोस्टाले भने, 'प्रधानमन्त्रीको कर्तव्य मेरो निष्ठाको कुनै पनि शङ्कासँग मेल खाँदैन। यस्तो अवस्थामा मैले गणतन्त्रका राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको छु।' 

यसअघि मङ्गलबार पोर्चुगाली सञ्चारमाध्यमले अनुसन्धानकर्ताहरूले विभिन्न मन्त्रालय र कोस्टाको कार्यालयमा छापा मारेको जनाएका थिए। त्यसपछि सरकारी अभियोजकहरूले पूर्वाधार मन्त्री जोआओ गलाम्बालाई दोषी ठहर गर्दै कोस्टाका चिफ अफ स्टाफविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताएका थिए।

प्रकाशित: Nov 08, 2023| 07:52 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्