बिहीबार, असार ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मन्त्रीका पीएसओको मृत्यु शंकास्पद, परिवारले दियो प्रहरीमा जाहेरी

मन्त्रीका पीएसओको मृत्यु शंकास्पद, परिवारले दियो प्रहरीमा जाहेरी

 |  बुधबार, कात्तिक २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

vianetvianet

बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालका पीएसओ यमबहादुर सुवेदीको मृत्यु शंकास्पद देखिएको भन्दै मृतकका परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका छन्।

४२ वर्षीय असई सुवेदी मंगलबार हेटौंडा उपमहानगरपालिका-११ को पुण्य क्षेत्र वनदेवी मन्दिर नजिकै जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको भन्दै उनको परिवारले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका हुन्।

आफूले लगाएको पेटीमा झुण्डिएको देखिए पनि उनको शरीरको आधा भाग जमिनमा लत्रिएको र शरीरको विभिन्न भागमा नीलडाम तथा कुटपिटका निशानी देखिएको भन्दै परिवारले अनुसन्धान गर्न निवेदन दिएका छन्।

हेटौंडा अस्पतालमा गरिएको पोष्टमार्टमका क्रममा पनि उनको घाँटीको हड्डी भाँचिएको र खुट्टा तथा जिउमा नीलडाम देखिएको पाइएको मृतकका आफन्त अनन्त बानियाँले बताए। मृतकका भाइ इन्द्र सुवेदीले घटना शंकास्पद देखिएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै उजुरी गरेका छन्।

आफ्नो ड्युटी सकेर उनी साँझ ६ बजेर ३७ मिनेटमा हेटौंडा-११ मा रहेको सहिद स्मारक गेटबाट क्रस गरेको सीसीटीभी फुटेजमा देखिन्छ।
 

प्रकाशित: Nov 08, 2023| 07:27 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्