बुधबार, वैशाख १६, २०८३

पोल्यान्ड पठाउने भन्दै ३८ लाख ठगी गर्ने युवती पक्राउ

 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

काठमाडौं- पोल्यान्ड पठाउने आश्वासन दिएर ३८ लाख रुपैयाँ ठगेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका–६ बस्ने ३९ वर्षीया सुनिता कर्माचार्य रहेकी छन्।

National life

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार रोजगारीका लागि पोल्यान्ड पठाइदिने आश्वासन दिएर पैसा लिएर फरार भएको भन्दै उनीविरुद्ध १७ जनाले उजुरी दिएका थिए। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 07, 2023| 19:20 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्