बुधबार, वैशाख १६, २०८३

रक्सी चोरेको आरोपमा धनगढीमा एक युवकको हत्या

 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

धनगढी- सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा मदिरा चोरी गरेको निहुँमा युवकको हत्या गरिएको छ।

National life

धनगढी उपमहानगरपालिका– १६ बेहडाबाबा नजिकै बाँसको लाठी प्रहार गरेर सोही ठाउँका ३८ वर्षीय लालबहादुर थापाको हत्या गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले स्थानीय व्यापारी कृष्ण सेट्टीले बाँसको भाटाले प्रहार गरेपछि बेहोस भएका थापा मृत अवस्था अवस्थामा फेला परेको जानकारी दिए।

उनका अनुसार सोमवार दिउँसो मदिरा चोरी गरेको आरोपमा बाँसको भाटाले थापामाथि सेट्टीले कुटपिट गरेका थिए। कुटपिटबाट बेहोस भएका थापाको घरमा मृत्यु भएको हो।

बेहडाबाबामा पसल सञ्चालन गर्दै आएका सेट्टीले आफ्नो पसलबाट मदिरा चोरी गरेकाले थापामाथि कुटपिट गरेको स्वीकार गरेको प्रहरीको भनाइ रहेको छ।

kumari

सेट्टीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ भने मृतक थापाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 07, 2023| 20:10 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्