बिहीबार, असोज २, २०८२

डेंगु संक्रमणबाट २० जनाको मृत्यु, ४६ हजारभन्दा बढी संक्रमित 

 |  मंगलबार, कात्तिक २१, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

vianetvianet

काठमाडौं- पछिल्लो समयमा डेंगु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ। ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सङ्क्रमितको सङ्ख्या ४६ हजार नागेको छ। हालसम्म ७७ जिल्लाका ४६ हजार ३१९ जनामा सङ्क्रमण पुष्टि भएको छ। यो अवधिमा २० जना सङ्क्रमितको मृत्यु भएको ईडीसीडीले जनाएको हो।  

Kumaribank

सबैभन्दा बढी सङ्क्रमित सुनसरीमा १६ हजार १६० जनामा पुष्टि भएको महाशाखाले जनाएको छ। यस्तै, तनहुँमा २५ दिन यता सङ्क्रमितको सङ्ख्या बढेर ६ हजार ८११पुगेको छ। त्यसपछि झापामा ३ हजार ७४१ पुष्टि भएको छ। धादिङमा ३ हजार २३२ जनामा सङ्क्रमण भएको छ।

यस्तै कास्की २ हजार ७०५ जना, मोरङ २ हजार ३०५ जना, काठमाडौँमा १ हजार ५६९ जनामा सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ। यसैगरी संखुवासभामा ७२४, गोरखामा ७०३ जना र कैलालीमा ६९० जनामा सङ्क्रमित भएको बताइएको छ। 

सात प्रदेशमध्ये सबैभन्दा बढी सङ्क्रमित कोसी प्रदेशमा रहेको आँकडाले देखाएको छ। महाशाखाका अनुसार कोसी प्रदेशमा  २४ हजार ७८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो समयमा गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या बढेको छ। गण्डकीमा ११ हजार ६२९ जनामा सङ्क्रमण पुष्टि भएको छ।  यसपछि बागमती प्रदेशमा ६ हजार ४८९ जना, सुदूरपश्चिम प्रदेशमा १ हजार ४६६, लुम्बिनी प्रदेशमा १ हजार ८, मधेस प्रदेशमा ६९७, कर्णाली प्रदेशमा १९७ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ।

Metro Mart

प्रकाशित: Nov 07, 2023| 19:50 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्