आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • म्यान्मा संघर्षमा चिनियाँ नागरिक हताहत भएको बेइजिङद्वारा पुष्टि

म्यान्मा संघर्षमा चिनियाँ नागरिक हताहत भएको बेइजिङद्वारा पुष्टि

 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

बेइजिङ- म्यान्माको जुन्तासँग संघर्ष गर्ने जातीय सशस्त्र समूहहरूले चीनसँगको सीमामा रहेका मुलुकको उत्तरी क्षेत्रका सीमा चौकीहरू कब्जामा लिएपछि चिनियाँ हताहत भएको बेइजिङले मङ्गलबार पुष्टि गरेको छ। 

National life

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चिनियाँहरू मारिएको, घाइते भएको वा घटना कहाँ भएको भन्नेबारे बताएनन्। म्यान्माको स्थानीय सञ्चारमाध्यमहरूले जातीय सशस्त्र समूह कचिन इन्डिपेन्डेन्स आर्मी (केआई) को मुख्यालय लाइजा सहरमा सेनाले गोलाबारी गर्दा एक चिनियाँको मृत्यु भएको र अन्य दुई घाइते भएको शनिबार बताएका थिए। एउटा गोला सीमाको चीनतर्फ खसेको समाचारमा जनाइएको छ। 

'सशस्त्र सङ्घर्ष बढ्दै गएको र चिनियाँ कर्मचारीको हताहतप्रति बेइजिङ गम्भीर असन्तुष्टि व्यक्त गर्दछ,' प्रवक्ता वेनबिनले मङ्गलबार भने, 'चीनले सम्बन्धित पक्षहरूसँग गम्भीर विरोध जनाएको छ र उत्तरी म्यान्मामा सङ्घर्षको स्थितिलाई ध्यान दिइरहेको छ।'

'चीन एक पटक पुनः उत्तरी म्यान्मामा सङ्घर्षमा सहभागी सबै पक्षलाई तुरुन्त गोलाबारी रोक्न माग गर्दछ, सबै पक्षले चीनको सीमावर्ती क्षेत्रमा मानिसको जीवन र सम्पत्तिलाई जोखिममा पार्ने कुनै पनि घटना पुनः नहोस् भनेर यथार्थपरक कदम चाल्नुपर्छ,' उनले भने, 'बेइजिङले आफ्ना नागरिकको जीवन र सम्पत्तिको रक्षाका लागि आवश्यक कदम चाल्नेछ।'

चीनले गत साता म्यान्मासँग आफ्नो सीमानजिक बढ्दै गएको लडाइँप्रति चिन्ता व्यक्त गरेको छ। चिनियाँ सहायक विदेशमन्त्री नोङ रोङले शुक्रबारदेखि आइतबारसम्म म्यान्माको भ्रमण गर्नुभएको थियो। उहाँले जुन्ता अधिकारीहरूसँग भेट गरेर चीन–म्यान्मा सीमामा स्थिरता कायम राख्न चीनलाई सहयोग गर्न आग्रह गरे।

Laxmi sunrise bank
kumari

'उहाँले जुन्तासँग चिनियाँ सीमा क्षेत्रका बासिन्दाको जीवन र सम्पत्तिको सुरक्षालाई इमान्दारीपूर्वक सुनिश्चित गर्न र म्यान्मामा चिनियाँ कामदार, संस्थान र परियोजनाहरूको सुरक्षा सुदृढ पार्नका लागि प्रभावकारी कदम उठाउन आग्रह गर्नुभएको छ,' बेइजिङको विदेश मन्त्रालयले भनेको छ। 

गत साता संयुक्त आक्रमण सुरु भएदेखि म्यान्मा नेसनल डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडिएए), ता आङ नेसनल लिबरेसन आर्मी (टिएनएलए) र अराकान आर्मी (एए) ले आफूहरूले उत्तरी शान राज्यमा दर्जनौँ सैन्य चौकी कब्जामा लिएको बताएका छन्। टिएनएलएले मङ्गलबार आफ्नो मिडिया च्यानलमा चिनियाँ सीमा नम्हकम सहरमा उसले करिब सम्पूर्ण नियन्त्रण कायम गरेको बताएको छ। 

प्रकाशित: Nov 07, 2023| 20:50 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्