बिहीबार, असार ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • शान्ति प्रक्रिया टुंग्याउन शीर्ष नेताहरू एक ठाउँमा हुनुहुन्छ : अर्थमन्त्री महत

शान्ति प्रक्रिया टुंग्याउन शीर्ष नेताहरू एक ठाउँमा हुनुहुन्छ : अर्थमन्त्री महत

 |  मंगलबार, कात्तिक २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

vianetvianet

 काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले शान्ति प्रक्रिया चाँडो टुंग्याउने बारेमा सर्वदलीय बैठकमा नेताहरू एकमत भएको बताएका छन्।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा शीर्ष नेताहरु एकमत भएको बताएका हुन्। उनले संविधानलाई संस्थागत गर्नुपर्नेमा सबै नेताहरुले जोड दिएको पनि बताए।

राष्ट्रिय मद्दामा साझा धारणा बनाउने बारेमा पनि छलफल भएको बताउँदै उनले संघीयताको बिरोध गर्नेहरू पनि प्रणालीले दिएको अधिकार उपयोग गर्न पाइरहेकाले यसबाट टाढिने अवस्था नरहेको जिकिर गरे।

‘सौहाद्रपूर्ण छलफल भयो । शान्ति प्रक्रिया चाँडै टुंग्याउने कुरामा एकमत छ। लोकतान्त्रिक मूल्य र मान्यता र यो संविधानले लामो संघर्षबाट यो संविधान बनेको कुरा हो। यसलाई संस्थागत गर्ने कुरामा छलफल भयो। राष्ट्रिय मद्दामा साझा धारणा बनाउने बारेमा नै छलफल भयो। यी कुरामा सबै नेताहरु एकमत हुनुहुन्छ। हामीमा त्रास छैन, बाहिर प्रचारमा बढाइचढाइ आएको हो,’ उनले भने, ‘त्रासको कुरा छैन। यो प्रणालीको बिरोध गर्नेहरुले प्रणालीले दिएको अधिकार उपयोग गर्न पाइरहेका छन्। यसबाट कोही वञ्चित हुन चाहँदैनन्।’

अर्थमन्त्री महतले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको दाबी गरे।

प्रकाशित: Nov 07, 2023| 19:10 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्