बिहीबार, असार ५, २०८२

चीनद्वारा नेपालका भूकम्पपीडितलाई थप २८ करोड सहयोग घोषणा

 |  मंगलबार, कात्तिक २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

vianetvianet

काठमाडौं- उत्तरी छिमेकी चीनले नेपालका भूकम्पपीडितहरूलाई थप करिब २८ करोड रूपैयाँ राहत सहयोग घोषणा गरेको छ। नेपालस्थित चिनियाँ राजदूत छन सोङले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत थप सहयोग रकमको घोषणा गरेका हुन्।

चीनले यसअघि नै गत शुक्रबार आएको भूकम्पपछि ठूलो मानवीय र भौतिक क्षति भोगेका जाजरकोट र रूकुम पश्चिमका प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको थियो। उक्त राहत सामग्रीको पहिलो खेप सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइसकेको छ।

चीनले नेपालका लागि थप राहत कार्यक्रम घोषणा गरेको हो। राजदूत सोङका अनुसार नेपालका भूकम्पपीडितका लागि रेडक्रस सोसाइटी अफ चाइनले १३ मिलियन आरएमबी अर्थात् नेपाली १ करोड ३३ लाख १० हजार ६० रुपैयाँ सहयोग दिने भएको छ।

चिनियाँ रेडक्रसले दिने यो नगद सहयोगलाई चीनले आपत्कालीन नगद सहयोग भनेको छ। जसलाई नेपालका भूकम्पपीडितको राहतमा खर्च गरिने भएको छ।

त्यसैगरी चीन सरकारको तर्फबाट थप १५ मिलिनय आरएमबी अर्थात् नेपाली २६ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको राजदूत सोङले बताए।  उनका अुनसार यो रकम नेपालका भूकम्पपीडितका लागि आपत्कालीन मावीय सहायताका रुपमा उपलब्ध गराउने निर्णय भएको हो।

चिनियाँ रेडक्रस र त्यहाँको सरकारबाट नेपालका भूकम्पपीडितका लागि थप सहयोगका रुपमा २७ करोड ९३ लाख १० हजार रुपैयाँ उपलब्ध हुने भएको हो। 

प्रकाशित: Nov 07, 2023| 18:46 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्