बिहीबार, असार ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मानवीय संकट बढेपछि इजरायलमाथि दबाब, नेतान्याहुले भने - अल्पकालीन युद्धविरामको सम्भावना छ

मानवीय संकट बढेपछि इजरायलमाथि दबाब, नेतान्याहुले भने - अल्पकालीन युद्धविरामको सम्भावना छ

 |  मंगलबार, कात्तिक २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

vianetvianet

काठमाडौं- इजरायलले हमास समूहलाई समाप्त पार्ने घोषणा गर्दै गाजा पट्टीमा निरन्तर आक्रमण थालेपछि मानवीय संकट बढ्दै गएको छ। मानवीय संकट बढ्दै जाँदा संयुक्त राष्ट्रसंघ सहित अन्तर्राष्ट्रिय निकाय र विश्वका विभिन्‍न मुलुकहरुले युद्धविराम गर्नुपर्ने माग गरिरहेका छन्। 

इजरायललाई युद्धबिराम गर्न दबाब बढेको छ। उक्त दबाब बढेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याह्युले मानवीय संकटलाई मध्यनजर गर्दै अल्पकालीन युद्धविरामको सम्भावना रहेको बताएका छन्।

गाजामा स्थल, जल तथा हवाइ क्षेत्रबाट भीषण आक्रमण गरिरहेको अवस्थामा उनले अल्पकालीन युद्धविराम हुनसक्ने बताएका हुन्। 'मानवीय संकटलाई मध्यनजर गर्दै अल्पकालीन युद्धविराम हुने सम्भावना रहेको छ,' उनले भनेका छन्।

नेतान्याह्युले गाजाको सम्पूर्ण सुरक्षाको जिम्मा लिने पक्षमा इजरायल रहेको पनि बताएका छन्। 'यो युद्ध समाप्तिपछि गाजाको सम्पूर्ण सुरक्षाको जिम्मा अब इजरायलले लिनेछ,' उनको भनाइ उधृत गर्दै बीबीसीले लेखेको छ।

इजरायलमा हमासले आक्रमण गरेको मंगलबार एक महिना पुगेको छ। हमासको आक्रमणमा १४ सय जनाले ज्यान गुमाएका थिए। यता हमासलाई  समाप्त पार्ने भन्दै इजरायलले गाजामा गरेको जवाफी कारबाहीमा १० हजार भन्दा बढी मानिसको ज्यान गएको छ।

नेतान्याहुले गाजाको सुरक्षाको सम्पूर्ण जिम्मेवारी लिइनेछ भनेर दिएको अभिव्यक्तिको अन्तर्य त्यहाँको नगरको अधिनमा अब हुनेछैनन् भनेर इंगित गरेको विश्लेषण भइरहेको छ। प्यालेस्टाइन क्षेत्रमा पर्ने वेस्ट बैंकको हकमा पनि इजरायलले यस्तै शब्द प्रयोग गरेको थियो।

प्यालेस्टाइन र इजरायलबीच सन् १९९० मा भएको ओस्लो सम्झौतामा वेस्ट बैंक प्यालेस्टाइनको नगरको अधिनमा भएपनि त्यसको सुरक्षा जिम्मेवारी इजरायलको हुने उल्लेख छ। त्यस सम्झौताले वेस्ट बैंकमा स्थिरता तथा सुरक्षा कायमका लागि इजरायली अधिकारीलाई आउजाउको सुविधा छ। तर त्यहाँका जनतालाई शिक्षा स्वास्थ्य लगायत आधारभूत अन्य सुविधा भने प्यालेस्टाइनले दिने उल्लेख थियो। यसका लागि एउटा शर्त थियो। जसमा त्यहाँका अधिकारी इजरायलसँग समन्वयका लागि तयार हुनुपर्थ्यो।

वर्तमान अवस्थामा इजरायल निकै कठिन मोडमा रहेको छ। उसले आफ्ना सम्पूर्ण गतिविधि गाजामा केन्द्रित गरेको छ। गाजाको सम्पूर्ण सुरक्षाको जिम्मेवारी लिइनेछ भन्नुको अर्थ त्यहाँ कुनै न कुनै हस्तक्षेप गर्न सक्ने आशय नेतान्याहूले व्यक्त गरेका हुन्।

प्रकाशित: Nov 07, 2023| 18:18 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्