बुधबार, वैशाख १६, २०८३

तिनाउ खोलामा डुबेर एक भारतीय विद्यार्थीको मृत्यु

 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

काठमाडौं-  भारतबाट नेपाल घुम्न आएकी एक युवतीको तिनाउ नदीमा डुबेर मृत्यु भएको छ ।

National life

भारत उत्तर प्रदेश महगरकाजिपपुरकी २० वर्षीया शाहिस्ता प्रविणको तिनाउ जल विद्युतको ड्याममा डुबेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ। तिनाउ खोलाको ड्याममा फोटो खिच्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।

उनी १:३० बजे खोलामा लडेकी थिइन्। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय दोभानको प्रहरीले उनलाई उद्धार गरेर उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरेको थियो।

अस्पतालले उनलाई अस्पताल पुर्‍याउना साथ मृत घोषणा गरेको थियो।

प्रकाशित: Nov 07, 2023| 18:12 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्