शुक्रबार, कात्तिक ६, २०८३

टी–२० महिला सिरिजका लागि २२ सदस्यीय टोली घोषणा

२९ कात्तिकदेखि ३ मंसिरसम्म हङकङमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया छन्। 
 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी–२० सिरिजका लागि २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको छ।

२९ कात्तिकदेखि ३ मंसिरसम्म हङकङमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया छन्।

छनोट हुने नेपाली टोलीमा रुविना क्षेत्री, पूजा महतो, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, संगीता राई, ज्योति पाण्डे र रोमा थापा छन्।

त्यसैगरी ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, कविता जोशी, अश्मिना कर्माचार्य, खुसी डङ्गोल, कृतिका मरासिनी, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ र मनीषा चौधरी छन्।

प्रकाशित: Nov 07, 2023| 16:40 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।