बिहीबार, माघ २२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बर्खास्तमा परेको श्रीलंकाली क्रिकेट बोर्ड अदालतद्वारा पुनःस्थापित

बर्खास्तमा परेको श्रीलंकाली क्रिकेट बोर्ड अदालतद्वारा पुनःस्थापित

सोमबार श्रीलंका क्रिकेट बोर्डलाई बर्खास्त गरेर अन्तरिम समिति नियुक्त गर्ने मन्त्री रोशन रणसिंघेको कदमलाई चुनौती दिँदै बोर्ड अध्यक्ष शम्मी सिल्भाले दायर गरेको निवेदनलाई अदालतले स्वीकार गरेको हो।
 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

काठमाडौं– श्रीलंकाको पुनरावेदन अदालतले क्रिकेट बोर्ड बर्खास्त गर्ने खेलमन्त्रीको निर्णयलाई खारेज गरेको छ। अदालतले पूरा सुनुवाइ नभएसम्म निष्कासित अधिकारीहरूलाई पुनःवहाली गरेको छ।

National life

सोमबार श्रीलंका क्रिकेट बोर्डलाई बर्खास्त गरेर अन्तरिम समिति नियुक्त गर्ने मन्त्री रोशन रणसिंघेको कदमलाई चुनौती दिँदै बोर्ड अध्यक्ष शम्मी सिल्भाले दायर गरेको निवेदनलाई अदालतले स्वीकार गरेको हो। ‘अदालतले मुद्दाको पुनः सुनुवाइ नगरेसम्म बोर्डको पुनःस्थापना दुई साताका लागि हो’, अदालतका एक अधिकारीले भने।

अदालतले पूर्वकप्तान अर्जुना रणतुंगा अध्यक्षताको अन्तरिम समितिलाई कार्यालयमा निरन्तरता दिन रोक लगाउने आदेश प्राप्त गरेपछि सिल्भा काममा फर्किने बोर्डका अधिकारीले बताएका छन्। सरकारले बोर्डका ‘थाती मुद्दा सम्बोधन गर्न एउटा क्याबिनेट समिति पनि नियुक्त गरेको छ।

विश्वकप प्रतियोगितामा भारतसँग श्रीलंकाको लज्जास्पद पराजयपछि खेलमन्त्रीले बोर्डका पदाधिकारीलाई बर्खास्त गरेका थिए।। व्यापक भ्रष्टाचारको आरोपमा महिनौंदखि आर्थिक संकटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलंका क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ।

सन् १९९६ को विश्वकप विजेता श्रीलंकका पूर्वकप्तान रणंतुंगाले सोमबार पदभार सम्हालेपछि बोर्डको छवि सुधार्न र राष्ट्रिय टिमको पुनःनिर्माण गर्ने वाचा गरेका थिए। ‘श्रीलंका क्रिकेट देशको सबैभन्दा भ्रष्ट संस्थाका रूपमा चिनिन थालेको छ। म त्यो छवि परिवर्तन गर्न चाहन्छु’, उनले भनेका थिए।–एजेन्सी

Laxmi sunrise bank

प्रकाशित: Nov 07, 2023| 16:59 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्