बिहीबार, माघ २२, २०८२

अन्ततः निर्माण हुने भो गौतम बुद्ध क्रिकेट रंगशाला

बागमती प्रदेशको ७० र भरतपुरको ३० प्रतिशत लगानीमा गौतमबुद्ध रंगशाला निर्माण गर्ने सहमति भएको हो।
 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

काठमाडौं–कलाकार सीताराम कट्टेलको धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरे पनि रकम अभावका कारण रोकिएको चितवनस्थित  गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि बागतमी प्रदेश सरकार र भरतपुर महानगरले लगानी गर्ने भएका छन्।

National life

भरतपुर महानगर र बागमती प्रदेश सरकारबीच रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति जुटेको हो। 

बागमती प्रदेश सरकारको ७० प्रतिशत तथा भरतपुर महानगरको ३० प्रतिशशत लगानीमा रंगशाला निर्माण गर्ने सहमति भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

आज बागमती प्रदेश सरकार र भरतपुर महानगरका पदाधिकारीबीचको बैठकमा रंगशाला निर्माणका लागि सहमतिमा हस्ताक्षर भएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षमा उक्त रंगशाला निर्माणको लागि ५ करोड बजेट आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले बताए।

यसअघि रंगशाला निर्माणका लागि ५७ करोड रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको छ। रंगशाला निर्माणमा करिब ७५ करोड रुपैयाँ लाग्ने अनुमान महानगरको छ।

Laxmi sunrise bank

प्रकाशित: Nov 07, 2023| 15:41 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्