बुधबार, मंसिर २, २०८३

मन्त्रीका अंगरक्षक मृत भेटिए

पीएसओ यामबहादुर सुवेदी हेटौंडा उपमहानगर– ११ को वनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। 
 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

Machhapuchchhre

काठमाडौं– बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) मृत भेटिएका छन्।

पीएसओ यामबहादुर सुवेदी हेटौडा उपमहानगर– ११ को वनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले बताएको हो।

मन्त्रीका अंगरक्षक प्रहरी सहायक निरीक्षक सुवेदी झुन्डिएको अवस्थामा भेटिएको मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए। घटनाबारे अनुसन्धान थालिएको उनको भनाइ छ।

प्रकाशित: Nov 07, 2023| 14:52 मंगलबार, कात्तिक २१, २०८०