बिहीबार, असार ५, २०८२

भूकम्पले हल्लियो बाजुरा

बाजुरालाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो।
 |  मंगलबार, कात्तिक २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

vianetvianet


काठमाडौं– बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ। बाजुरालाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो।

मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा कम्पन भएको हो। यसअघि बाजुरामा ४ म्याग्निच्युडभन्दा ठूला भूकम्प गइरहेका थिए।

केही समयअघि सुदूरपश्चिमकै बझाङमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। १७ कात्तिकमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६. ४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ।

प्रकाशित: Nov 07, 2023| 14:16 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्