बिहीबार, असार ५, २०८२

निजी मेडिकल कलेजले पनि भूकम्पका घाइतेको नि:शुल्क उपचार गर्ने

 |  मंगलबार, कात्तिक २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

vianetvianet

काठमाडौं– देशका विभिन्न ठाउँमा सञ्चालित १५ वटा निजी मेडिकल कलेज र डेन्टल कलेजले जाजरकोट भूकम्पका घाइतेहरुको नि:शुल्क उपचार गर्ने भएका छन्।

निजी मेडिकल तथा डेन्टल कलेज संघ नेपालसँग सम्बद्ध १५ मेडिकल कलेज र २ वटा डेन्टल कलेजले भूकम्पका घाइतेहरुको नि:शुल्क उपचार गर्ने भएका हुन्। संघका अध्यक्ष ज्ञानेन्द्र मान सिंह कार्कीले विज्ञप्ति जारी गर्दै भूकम्पका घाइतेको नि:शुल्क उपचार गरिने घोषणा गरेका हुन्।

यस्तै, सरकारले सहयोगका लागि आग्रह गरेमा आफूहरु स्वास्थ्यसँग सम्बन्धित सबै प्रकारका सेवाहरु नि:शुल्क रुपमा सहयोग गर्न तयार रहेको अध्यक्ष कार्कीले उल्लेख गरेका छन्।

प्रकाशित: Nov 07, 2023| 13:32 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्