बिहीबार, असार ५, २०८२

जाजरकोट पुगेर भूकम्पका घाइतेलाई भेटे राष्ट्रपति पौडेलले

 |  मंगलबार, कात्तिक २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

vianetvianet

राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन्। राष्ट्रपति पौडेलले भूकम्पमा परेर घाइते भएकाहरूलाई जाजरकोट अस्पताल पुगेर अवस्थाबारे जानकारी लिएका छन्।

भूकम्पमा परेर घाइते भएकाहरूले राष्ट्रपति पौडेलसँग उपचार, खाद्यान्न, घर निर्माणसहितको व्यवस्था गरिदिन आग्रह गरेका छन्। जवाफमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यान्न लगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएका थिए।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए। त्यस्तै घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकले जानकारी गराएका थिए।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल सुर्खेत हुँदै जाजरकोट पुगेका हुन्। राष्ट्रपति पौडेलले खलंगा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनेछन्।

भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि तय भएको युरोप भ्रमण स्थगित गरेका थिए।

प्रकाशित: Nov 07, 2023| 13:29 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्