शनिबार, असार २८, २०८२

प्रहरीकै मिलेमतोमा लुटपाट

प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन्।
 |  मंगलबार, कात्तिक २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

vianetvianet

काठमाडौं– तीन जना प्रहरीकै मिलेमतोमा काठमाडौंको पानीपोखरीमा लुटपाट भएको रहस्य खुलेको छ। प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन्।

उनीहरूले एक महिनाअघि मदन पुरी र सन्तोष पुरीसँग मिलेर लुटपाट गरेको छानबिनबाट पुष्टि भएको हो।

प्रहरीले लुटपाटमा संलग्न तीन प्रहरीसहित पाँच जनालाई पक्राउ गरी सोमबार जिल्ला अदालत काठमाडौंमा डाँका चोरी मुद्दा दायर गरेको छ। उनीहरूले २१ असोजमा निजी गाडीमा ठमेलबाट बालुवाटार जाने क्रममा कुमार रोका र नवराज नगरकोटीलाई रोकेर लुटपाट गरेका थिए।

रोकाको गाडीमा रहेका तीन युवतीलाई वेश्यावृत्ति धन्दामा लगाएकाले फसाइदिने भन्दै धम्क्याएर प्रहरीले लुटपाट गरेको पीडितले बताएका छन्। प्रहरीले १७ हजार ५ सय नगद लुटेर थप डेढ लाख मागेकामा उनीहरूसँग नभएपछि  जबर्जस्ती इसेवामा पैसा हाल्न लगाएको छानबिनबाट फेला परेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी कुमोध ढुंगेल जानकारी दिए।

लुटपाटमा संलग्न प्रहरीले नवराज नगरकोटीको आइडीबाट २५ हजार ट्रान्सफर गराएको देखिएको छ। त्यसपछि पनि धम्क्याएर उनीहरूले ४७ हजार ५ सय रुपैयाँ लिएको छानबिनले देखाएको प्रहरी प्रवक्ता ढुंगेलेको भनाइ छ।

प्रकाशित: Nov 07, 2023| 11:36 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्