बिहीबार, असार ५, २०८२

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे सभापति देउवा

भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन कांग्रेसको माग

सभापति देउवासहितका कांग्रेस नेताहरु भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
 |  मंगलबार, कात्तिक २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

vianetvianet

काठमाडौं– सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। सभापति देउवासहितका कांग्रेस नेताहरु भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

सभापति देउवासँगै महामन्त्रीद्वय गगन थापा,  विश्वप्रकाश शर्मा र प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले प्रधानमन्त्रीलाई भेटेर भूकम्पपीडितको उद्धार तथा राहतलाई प्राथमिकता दिन माग गरेका छन्। 

कांग्रेसको हालै सम्पन्न कार्यसम्पादन समिति बैठकले जाजरकोट केन्द्र भई गत शुक्रबार गएको भूकम्पका पीडितलाई उद्धार, राहत र पुनस्र्थापनामा सरकारलाई तत्काल काम गर्न आग्रह गरिने निर्णय गरेको थियो।

कांग्रेसले भूकम्पपीडितको सहयोगार्थ ५० लाख सरकारी कोषमा उपलब्ध गराउने निर्णय गरिसकेको छ। सभापति देउवाले ५० लाखको चेक प्रधानमन्त्री प्रचण्डलाई सुम्पिएका छन्। कांग्रेसका संघीय सांसदले १५ दिनको पारिश्रमिक पनि उपलब्ध गराउने निर्णय उक्त बैठकले गरेको थियो।

कांग्रेसले भूकम्पपछिका अवस्था अवलोकन र सहजीकरणका लागि महामन्त्रीद्वय थापा र शर्मा संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ।

प्रकाशित: Nov 07, 2023| 10:55 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्