बिहीबार, असार ५, २०८२

प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक

 |  मंगलबार, कात्तिक २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

vianetvianet

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन्। मंगलबार दिउँसो २ बजे सिंहदरबारमा संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रुपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्री प्रचण्डले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।

भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते छन्। सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ।

प्रकाशित: Nov 07, 2023| 08:58 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्