बिहीबार, असार ५, २०८२

जाजरकोटमा ४३९ परकम्प

 |  मंगलबार, कात्तिक २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

vianetvianet

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गत शुक्रबार राति गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जाने क्रम रोकिएको छैन। गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका अनुसार रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि त्यसको परकम्प जाने क्रम रोकिएको छैन। त्यसयता रामिडाँडा र त्यसको आसपासमा परकम्प गइरहेको छ। केन्द्रका अनुसार आज बिहान सात बजेसम्म ४३९ वटा परकम्प गइसकेको छ। 

शुक्रबार राति ११:४७ बजेको भूकम्पपछि ४.० म्याग्निच्युडभन्दा माथिका ९ वटा परकम्प गइसकेको छ।  

प्रकाशित: Nov 07, 2023| 08:51 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्