बिहीबार, माघ २२, २०८२

विश्वकपमा अस्ट्रेलिया र अफगानिस्तानको खेल

 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

एकदिवसीय विश्वकप क्रिकेटको ३९ औँ खेल अस्ट्रेलिया र अफगानिस्तानबिच मुम्बईको वानखेडे स्टेडियममा हुँदैछ। खेल दिउँसो २:१५ बजे सुरु हुनेछ। 

National life

यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ। यो खेल जिते पाँच पटकको विश्व च्याम्पियन अस्ट्रेलिया सेमिफाइनलमा पुग्ने छ। 

योसँगै यो विश्वकपमा आफ्नो प्रदर्शनले सबैलाई चकित पारेको अफगानिस्तानले यो खेल जित्यो भने सेमिफाइनलको दौडमा न्युजिल्यान्ड र पाकिस्तानलाई पनि उछिनेर अघि बढ्न सक्छ।

अस्ट्रेलिया यो विश्वकपमा उत्कृष्ट लयमा छ, पहिलो दुई खेलमा हार बेहोरेपछि पाँच खेल जितेको छ। सात खेलमा पाँच जित र दुई पराजयपछि १० अङ्क जोडेको टोली अङ्क तालिकाको तेस्रो स्थानमा छ।

अर्कोतर्फ अफगानिस्तानले यस विश्वकपमा पूर्व च्याम्पियन इंग्ल्याण्ड, पाकिस्तान र श्रीलंका जस्ता तीन ठुला टोलीलाई पराजित गरेको छ। सात खेलमा चार जित र तीन पराजयपछि ८ अङ्क जोडेको टोली छैटौँ स्थानमा छ।
 

Laxmi sunrise bank

प्रकाशित: Nov 07, 2023| 07:40 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्